Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रधानमन्त्री ओलीविरुद्धको सुनुवाइ शर्मा र निरौलाको संयुक्त इजलासमा

प्रधानमन्त्री ओलीविरुद्धको सुनुवाइ शर्मा र निरौलाको संयुक्त इजलासमा

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विश्वासको मत सम्बन्धी मुद्दाको सुनुवाइ न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

अधिवक्ता वीरेन्द्र केसी समेतले दायर गरेको रिटमा गत शुक्रबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले चार वटा विषयमा गम्भीर संवैधानिक प्रश्न उठाएको थियो । सर्वोच्चले प्रधानमन्त्री र सभामुखसहितलाई चार संवैधानिक प्रश्नमा लिखित जवाफ माग्दै निवेदकलाई बोलाएको हो।

सरकारमा सहभागी कुनै दलले औपचारिक रूपमा सरकार छाडेको जानकारी दिएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएमा सरकार कामचलाउ भएको भन्दै दायर रिटमा सर्वोच्चले सरकारको कानुनी हैसियत लिएर संवैधानिक प्रश्न उठाएको हो ।

सरकारलाई समर्थन गर्दै आएको जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको भने सरकारमै सहभागी दल नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन फिर्ता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij