Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

माधवलाई वामदेवको आग्रह – मलाई पनि जिम्मेवारी दिनुपर्‍यो

माधवलाई वामदेवको आग्रह – मलाई पनि जिम्मेवारी दिनुपर्‍यो

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता वामदेव गौतमले पार्टी प्रवेश गरेको दुई महिना पुग्न लाग्दासमेत आफूलाई कुनै ठोस जिम्मेवारी नदिइएको गुनासो गरेका छन् ।पार्टी स्थापनाको चार वर्ष पूरा भएको अवसरमा सोमबार आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले अध्यक्ष माधवकुमार नेपालसमक्ष औपचारिक रूपमा जिम्मेवारी दिन आग्रह गरेका हुन् ।“दुई महिना कट्न लागेको छ, अहिले मेरो जिम्मेवारी विभागहरूको संयोजक किसिमको छ । हरेक दिन पार्टी अफिसमा आउँछु । तर अध्यक्षलाई दिनहुँ आउँछ भन्ने थाहा थियो,” उनले भने ।

गौतमले पार्टीमा चित्त बुझेन भनेर अन्यत्र जाने छुट आफूलाई नभएको स्पष्ट पारे । उनले भने, “खुट्टा एक ठाउँमा टेकेको छैन, अर्कातिर जान खुट्टा उठाइसकेको छ भन्छन् । अहिले त्यो भन्न दिनेवाला म छैन ।”

नेता गौतमले आफू जनतामाझ जान तयार रहेको उल्लेख गर्दै पार्टीका नेताहरू काठमाडौंमै सीमित हुने गरेको आलोचना गरे । “अब एकीकृत समाजवादीका नेताहरू जनताका बीचमा हुनेछन्,” उनले भने ।

पार्टीभित्र ‘नक्कली कम्युनिस्ट’ बन्ने प्रवृत्तिबाट सचेत रहनुपर्ने भन्दै गौतमले तल्ला तहमा जानुपर्ने आवश्यकता दोहोर्याए । “म नै जानुपर्छ कि भन्ने लागेको हो । मसँग एउटा नेता त पक्कै हुनुहुन्छ,” उनले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij