काठमाडौँ : शरीरलाई स्वस्थ राख्न मुटु, फोक्सो, मिर्गौला वा कलेजो जत्तिकै मौखिक स्वास्थ्य पनि महत्वपूर्ण हुने विशेषज्ञहरू बताउँछन्। तर धेरैजसो मानिसहरूले दाँत र गिजाको हेरचाहलाई बेवास्ता गर्ने गरेको पाइन्छ।वैज्ञानिकहरूको एक अध्ययनले दाँत र गिजाको कमजोर सरसफाइले अल्जाइमर, स्ट्रोकदेखि पाचन प्रणालीसम्बन्धी समस्यासम्म बढाउन सक्ने चेतावनी दिएको छ।
अमेरिकन डेन्टल एसोसिएसनका विज्ञहरूका अनुसार, हरेक ३ महिनामा टूथब्रस बदल्नुपर्छ। लामो समय एउटै ब्रस प्रयोग गर्दा ब्रिसल बिग्रिन्छ र सफाइ गर्ने क्षमता घट्छ। पुरानो ब्रसमा १० लाखभन्दा बढी ब्याक्टेरिया जम्मा हुन सक्ने अनुसन्धानले देखाएको छ।
दन्त विशेषज्ञ भन्छन्, ‘टूथब्रस दैनिक प्रयोग हुने भएकाले यसमा खाना, ब्याक्टेरिया र ओसिलोपनका कणहरू जम्मा हुन्छन्। लामो समय एउटै ब्रस प्रयोग गर्दा दाँत मात्र होइन, मुटु, फोक्सो र पाचन प्रणालीमा समेत असर पर्न सक्छ।’
कहिले तुरुन्त ब्रस बदल्ने ?
ब्रस किन्दा ध्यान दिनुपर्ने कुराहरू
दन्त चिकित्सकहरूको सल्लाह अनुसार दिनमा कम्तिमा दुई पटक दाँत र जिब्रो सफा गर्ने, साथै हरेक ३ महिनामा ब्रस बदल्ने बानीले मौखिक स्वच्छता मात्र होइन, सम्पूर्ण स्वास्थ्यलाई सुरक्षित राख्न मद्दत गर्छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij