Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

न्यूयोर्कमा पर्यटक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ जना घाइते

न्यूयोर्कमा पर्यटक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ जना घाइते

एजेन्सी : न्यूयोर्कमा पर्यटक बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटना बफेलो शहरबाट करिब ४० किलोमिटर पूर्वमा पेमब्रोक नजिकै अनियन्त्रित भएर दुर्घटना भएको हो । पर्यटकहरू नियाग्रा जलप्रपातको भ्रमण सकेर न्यूयोर्क सहर फर्कँदै थिए ।

बसमा ५४ जना सवार थिए। जसमध्ये ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार, बसमा रहेका यात्रुहरू भारत, चीन र फिलिपिन्स मूलका थिए ।

घाइते लाई सामान्य चोट लागेर उपचारपछि घर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट