एजेन्सी : तीन वर्षदेखि जारी रूस–युक्रेन युद्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति प्रक्रिया अगाडि बढाउन दुई हप्ते समयसीमा दिएका छन् ।ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्ध अन्त्यका लागि तत्काल वार्ता सुरु हुनुपर्नेमा जोड दिँदै, “दुई हप्तामै कुन दिशामा जाने भन्ने स्पष्ट हुनेछ,” भनेका छन् ।
ट्रम्पले शान्ति वार्ता असफल भए रूसमाथि कठोर प्रतिबन्ध र अत्यधिक आयात कर लगाइने चेतावनी दिएका छन् ।साथै उनले अमेरिकाले अब समाधानको पहल नगरी युक्रेनलाई आफैं युद्ध व्यवस्थापन गर्न छोड्ने विकल्प पनि खुला रहेको बताएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij