Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एक लाख ६०हजारभन्दा बढीको स्वास्थ्य उपचार

एक लाख ६०हजारभन्दा बढीको स्वास्थ्य उपचार

गौर :  प्रादेशिक अस्पताल गौरले गत आर्थिक वर्षमा एक लाख ६० हजारभन्दा बढी बिरामीलाई स्वास्थ्य उपचार सेवा प्रदान गरेका छन् ।

आर्थिक वर्ष ०८१/०८२ मा प्रादेशि अस्पताल गौरले स्वास्थ्यसम्बन्धी बिरामीलाई २३ प्रकारको स्वास्थ्य सेवाअन्तर्गत एक लाख ६० हजार ८६२ जना बिरामीलाई सेवा प्रदान गरेको हो ।

अस्पतालले इमरजेन्सी सेवाअन्तर्गत २२ हजार एकसय १९, बहिरङ्ग (ओपिडी) सेवा ४४ हजार नौ सय १० जना, लेबोरेट्री सेवा, २५ हजार ६ सय २४, फार्मेसी सेवा २६ हजार सात सय सात जना बिरामीलाई सेवा उपलब्ध गराइएको प्रादेशिक अस्पताल गौरका नि.मेडिकल सुपरिडेन्ट डा. मुरारी ठाकुरले बताउनुभयो ।

यस्तै एक्सरे १४ हजार ६ सय २० जना बिरामीलाई, प्रसुति सेवा चार हजार एक जना, अल्ट्रासाउण्ड सेवा चार हजार सात सय ७४ जनालगायत अन्य सेवाहरु गरी उक्त सङ्ख्यामा स्वास्थ्य प्रदान गरिएको नि.मेडिकल सुपरिडेन्ट डा. ठाकुरले जानकारी दिनुभयो ।

अस्पतालले स्वास्थ्य उपचार, सरसफाई, खानेपानी लगायत हरेक क्षेत्रमा व्यापक सुधार गरेपछि अहिले उपचार गराउने बिरामीको चाप वृद्धिसँगै ,मधेश प्रदेशमै उत्कृष्ट अस्पतालको सूचीमा पर्न सफल भएको अस्पताल विकास समितिका अध्यक्ष मो. अनवर हासमीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट