Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

भाइरल लाबुबु डलले ४ गुणाले बढायो कम्पनीको मुनाफा

भाइरल लाबुबु डलले ४ गुणाले बढायो कम्पनीको मुनाफा

बेइजिङ : लाबुबु डल बनाउने चिनियाँ कम्पनी पप मार्टको मुनाफा चारगुणा बढेको छ । कम्पनीले बताएअनुसार २०२५ को पहिलो अर्धवार्षिक अवधिमा मुनाफा झन्डै ४०० प्रतिशतले बढेको हो ।

डलको उच्च माग र कम्पनीले विदेशका धेरै मुनाफा भएका बजारमा आफूलाई सिफ्ट गरिरहँदा मुनाफा बढेको हो । कम्पनीका अनुसार जनवरी–जुन अवधिमा पप मार्टको खूद मुनाफा ३९६ दशमलव ५ प्रतिशतले बढेको छ ।

सो अवधिमा आम्दानी पनि २०४ दशमलव ४ प्रतिशतले बढेको छ । यो वर्षको अहिलेसम्मको अवधिमा पप मार्टको शेयर मूल्य २०० प्रतिशतभन्दा धेरैले बढेको छ । योसँगै कम्पनी बार्बी डल बनाउने कम्पनी म्याटेल र हेलो किटीको माउ कम्पनी सान्रियो भन्दा धेरै मूल्यवान् बनेको छ ।

कम्पनीले डल ‘ब्लाइन्ड बक्स’मा राखेर बेच्छ । जसले गर्दा क्रेताहरूले प्याकेज नखोल्दा सम्म आफूले किनेको डलको डिजाइन ठ्याक्कै कस्तो छ भन्ने थाहा पाउँदैनन् । के पप गु्रप ब्ल्याक पिङ्ककी लिसा, बार्बाडियन गायिका रिहाना र पूर्व फुटबल स्टार डेभिड बेकह्यामका कारण लाबुबुको लोकप्रियता विश्वभर चुलिएको हो । यो डलको माग यति धेरै आइरहेको छ कि, बजारमा आइपुग्ने बित्तिकै सोल्ड आउट भइसक्छन् । यस्तोमा कम्पनीले यसको आपूर्ति बढाउने वाचा गरेको छ । लाबुबु राक्षस प्रजातिको खेलौना हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट