Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

थुनामा परे सिजर चाभेज जुनियर

थुनामा परे सिजर चाभेज जुनियर

काठमाडौँ : पूर्व विश्व विजेता जुलियो सिजर चाभेज जुनियर थुनामा परेका छन् । जुलाईमा अमेरिकामा पक्राउ परेर मेक्सिको डिपोर्ट भएपछि ३९ वर्षका मेक्सिकाली बक्सरनलाई थुनामा राखिएकाे हो ।

लस एञ्जलसको स्टुडियो सिटीमा अध्यागमनका अधिकारीहरूले उनलाई पक्राउ गरेका थिए । अनाहेइममा जेक पलसँग भिडेको पाँच दिनपछि उनी समातिएका थिए । अहिले उनलाई उत्तरी मेक्सिकोको सोनोरा राज्यको एक जेलमा राखिएको मेक्सिकोको पक्राउ रजिष्ट्रीले मंगलबार देखाएको हो । उनीमाथि मुद्दा चलाउन बाँकी नै भएको बताइएको छ ।

मंगलबार बिहान सीमा क्षेत्रमा रहेको शहर नोगल्सको चेकप्वाइन्टबाट जाभेज जुनियर समातिएका थिए । त्यहाँबाट उनलाई सोनोराको राजधानी हेर्मोसिलोमा रहेको संघीय संस्थामा लगियो । चाभेज जुनियरलाई अमेरिकाले डिपोर्ट गरेको मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबमले आफ्नो दैनिक पत्रकार सम्मेलनमा भनेकी थिइन् ।

हतियार तस्करी गरेको अनि सङ्गठित अपराध गरेको अभियोगमा यस अघि नै चाभेज जुनियरको नाममा पक्राउ पूर्जी जारी भएको थियो । यस मामिलामा अष्ट्रेलियाको महान्यायाधिवक्ताको कार्यालय कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेको छ ।

३९ वर्षका चाभेज जुनियर २०११ देखि २०१२ को बीचमा मध्यम तौल शीर्षकको डब्ल्यूबीसी जितेका थिए । उनी तीन पटकका पूर्व विश्व विजेता जुलियो सिजर चाभेजका छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट