Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रास्वपाद्वारा उपसभामुख रानामाथि भएको आक्रमणको विरोध

रास्वपाद्वारा उपसभामुख रानामाथि भएको आक्रमणको विरोध

काठमाडौँ  : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरमाथि भएको आक्रमणको विरोध गरेको छ ।प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानामगरमाथि भएको आक्रमणको विरोध गरेका हुन् ।

‘बारम्बार बालुवाटारका बैठकहरूमा, बुढानीलकण्ठका बैठकहरूमा र सिंहदरबारका बैठकहरूमा जसरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट जो अहिले हाम्रो पार्टीको सदस्य हुनुहुन्न, हामीले पठाएको उपसभामुखमाथि जुन आक्रमण भएको छ, यसको राष्ट्रिय स्वतन्त्र पार्टी घोर भर्त्सना गर्न चाहन्छ,’ प्रमुख सचेतक परियारले भने ।

उनले सार्वभौम संसद्का सदस्यहरूले विवेचना गर्न पनि अनुरोध गरे । मंगलबार बालुवाटार र सिंहदरबारमा भएको प्रहसनले सदनलाई चोट पुर्‍याएको उनले बताए ।

‘लोकतन्त्रको विरासत धानेका भन्नेहरूले सम्मानित सदनको, सार्वभौम संसद्को उपसभामुख जस्तो जिम्मेवार पदलाई जुन तहको अवमूल्यन भएको छ, यो लोकतन्त्रका लागि निकै ठुलो खतरा भएको छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठम्याइ हो,’ परियारले भने ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट