Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

एकीकृत समाजवादी निकट युवा संघमा गुटगत किचलो बढ्दै

एकीकृत समाजवादी निकट युवा संघमा गुटगत किचलो बढ्दै

काठमाडौँ   : नेकपा एकीकृत समाजवादी निकट युवा संघमा गुटगत किचलो बढ्दै गएको छ । रोशन थापा नेतृत्वको युवा संघलाई अवैध भन्दै इतरपक्षले समानान्तर कमिटी गठन गरेर गतिविधि गर्न थालेपछि युवा संघको विवाद थप उत्कर्षमा पुगेको हो ।

समानान्तर गतिविधिपछि थापा नेतृत्वको कमिटीले इतर पक्षको नेतृत्व गरिरहेका सञ्जीव राईलाई स्पष्टीकरण नै सोधेको छ । राईले विधान विपरीत काम कारबाही गरेको भन्दै संस्थापन पक्षले कारबाहीको चेतावनीसहित स्पष्टीकरण सोधेको हो ।

यता राई नेतृत्वको समानान्तर कमिटीले भने पार्टी केन्द्रीय नेताहरूबाट आफूहरूलाई प्रलोभनमा पार्ने र नसके धम्क्याउने काम भएको गुनासो गरेको छ । राई पक्षका महासचिव भेषराज शाहले केही नेताहरूले आफू पक्षीय युवाहरूलाई धम्क्याउने र प्रलोभनमा पार्ने काम भइरहेको बताए ।

‘युवा आन्दोलन विरोधी केही व्यक्तिबाट र त्यसबाट प्रभावित भई अमुक नेताहरूबाट हाम्रो जिम्मेवारीबारे लोभ देखाउने काम भयो,’ शाह भन्छन्, ‘युवाहरूलाई प्रभावित पार्ने, निराशा तुल्याउने साथै विभिन्न सञ्चार गृहमा थर्काउने काम भयो ।’

राई पक्षीय एक नेताका अनुसार पार्टीका केन्द्रीय नेताहरूबाटै धम्की आएको हो । ‘हाम्रोतिरका सबै पदाधिकारीलाई फोन गरेर प्रलोभन पार्ने काम भयो । तर हामी दृढ छौँ’, ती नेताको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट