काठमाडौँ : अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिज अन्तर्गत मंगलबार नेपाल र होबार्ट हरिकेन्स प्रतिस्पर्धा गर्दैछन्। टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले सात विकेट गुमाउँदै हरिकेन्सलाई १८१ रनको चुनौती दिएको छ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाउनुभयो। ओपनर आशिफ शेखले २९ रन जोड्दा अर्का ओपनर कुशल भुर्तेलले २७ रन बनाउनुभयो। नेपालका लागि लोकेश बमले नटआउट विष्फोटक ब्याटिङ गर्दै ११ बलमा २५ रन जोड्नुभयो। भीम सार्कीले १८ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा १८० रन बनाएको हो।
नेपाललाई सस्तैमा रोक्न हरिकेन्सका लागि निवेथान राधाकृष्णन र राफ म्याकमिलनले दुईदुई विकेट लिनुभयो।
अहिले हरिकेन्सले नेपालविरुद्ध ब्याटिङ गर्दैछ । पहिलो ओभरमा कप्तान रोहित पौडेलले एक विकेट हात पार्नुभएको हो । चौथो ओभरको समाप्तिमा हरिकेन्सले दुई विकेटको क्षतिमा २० रन बनाएको छ । नेपालका लागि दोस्रो विकेट नन्दन यादवले लिनुभएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij