Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

अहिले आवश्यकता परेर उपसभामुखलाई हटाउनुपर्ने भयोः कांग्रेस सांसद थापा

अहिले आवश्यकता परेर उपसभामुखलाई हटाउनुपर्ने भयोः कांग्रेस सांसद थापा

काठमाडौँ : नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले राजनीतिक आवश्यकताका कारण उपसभामुख इन्दिरा रानाविरुद्ध पद अनुकुलको आचारण नगरेको सम्बन्धी प्रस्ताव ल्याउनुपरेको बताएका छन्। उनले कुनै पनि विषयको उपचार सही समयमा गर्नुपर्ने तर्क गर्दै अहिले उपसभामुखलाई हटाउनु आवश्यकता बनेको टिप्पणी गरे।

शुक्रबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै सांसद थापाले भने, 'कुनै पनि कुराको आवश्यकता जुन बेला पर्छ, त्यही बेला हुन्छ। अहिले आवश्यकता पर्‍यो, त्यसैले यो कदम चालिएको हो।'

पत्रकारहरूले उपसभामुखले दल त्याग गरेको प्रमाण एक वर्षअघि नै सार्वजनिक भए पनि अहिले किन यो विषय उठाइयो भन्ने प्रश्नमा थापाले बिरामी र रोगको उदाहरण दिँदै जवाफ दिए। उनले भने, 'मान्छेलाई खुट्टा दुख्ने, टाउको दुख्ने भइरहेको हुन्छ, तर जब क्यान्सर भएको पत्ता लाग्छ, त्यसपछि क्यान्सरको उपचार सुरु हुन्छ। यो पनि त्यस्तै हो।' उनले प्रक्रिया निरन्तर चलिरहने र सही समयमा उपचार खोजिएको बताए।

उनले आफूहरू अहिले ‘बिरामीको पुर्जी काट्ने’ प्रक्रियामा रहेको र त्यसपछिको उपचार कसरी गर्ने भन्ने कुरा प्रक्रियाअनुसार नै अघि बढ्ने बताए। कांग्रेस र एमालेले उपसभामुखलाई हटाउने तयारी थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट