Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

अभिनेता अच्युत पोतदारको निधन

अभिनेता अच्युत पोतदारको निधन

नयाँ दिल्ली  : हिन्दी र मराठी फिल्मका चर्चित चरित्र अभिनेता अच्युत पोतदारको मृत्यु भएको छ । सोमबार राति मुम्बईसँग जोडिएको ठाणे जिल्लाको जुपिटर अस्पतालमा उनको निधन भयो ।

उनलाई सोमबार अस्पतालको आईसीयूमा गम्भीर अवस्थामा भर्ना गरिएको थियो । अस्पताल स्रोतले अच्युत पोतदारको मृत्युको पुष्टि गरेको छ । कयौं नाटक, हिन्दी–मराठी टिभी सिरियल र फिल्महरूमा अभिनय गरेका पोतदार ९१ वर्षका थिए । उनको अन्तिम संस्कार आज ठाणेमा गरिनेछ ।

८० को दशकमा अभिनयको दुनियाँमा प्रवेश गरेका अच्युत पोतदारले आक्रोश, अर्ध सत्य, तेजाब, परिंदा, रंगीला, लगे रहो मुन्नाभाई र थ्री इडियट्स जस्ता धेरै ठुला हिन्दी फिल्महरूमा काम गरे । यसबाहेक उनले ९० भन्दा बढी टिभी सिरियल र २५ भन्दा बढी नाटकहरूमा पनि अभिनय गरेका थिए। मध्य प्रदेशको जबलपुरमा जन्मेका अच्युत पोतदार आफ्नो करियरको सुरुवाती दिनहरूमा रेवामा शिक्षक थिए । त्यसपछि १९६२ मा उनी आपतकालीन आयोग अन्तर्गत सेनामा भर्ती भएका थिए ।

यसपछि उनले सरकारी तेल कम्पनीमा काम गरेका थिए भने । थिएटर कलाकार सत्यदेव दुबेसँग रङ्गमञ्चमा अभिनय पनि गर्न थाले । १९६७ मा सेनामा क्याप्टेन पदबाट अवकाश लिएपछि अच्युत पोतदारले अवकाश नआउन्जेलसम्म इन्डियन आयल कर्पोरेसनमा वरिष्ठ पदमा काम गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट