काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने अस्वस्थ देखिएका छन् । भर्खर मात्र ललितपुरस्थित नख्खु जेलमा सारिएका लामिछाने अस्वस्थ भएपछि रगत जाँच गर्नका लागि वीर अस्पतालको ट्रमा सेन्टरबाट डाक्टर गएका छन् । उनको रगत परीक्षण भइरहेकाले के समस्या भएको भन्नेबारे रिपोर्ट नआएको कार्यवाहक सभापति डोरप्रसाद अर्यालले जानकारी दिए ।
‘म उहाँले भेट्न गएको थिएँ । उहाँ अस्वस्थ भएकाले चेकअपका लागि ट्रमा सेन्टरबाट डक्टरहरू लिएर ब्लड परीक्षण गरिएको छ । रिपोर्ट आएको छैन । लामो समय अँध्यारो कोठामा बस्नुपरेकोले समस्या आएको हुनसक्छ । परीक्षणको रिपोर्ट आएपछि मात्र के भएको थाहा हुन्छ’, अर्यालले भने ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij