Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

‘स्किबिडी’ र ‘ट्रेडवाइफ’ सहित ६ हजारभन्दा बढी नयाँ शब्द शब्दकोशमा थप

‘स्किबिडी’ र ‘ट्रेडवाइफ’ सहित ६ हजारभन्दा बढी नयाँ शब्द शब्दकोशमा थप

लन्डन : लोकप्रिय सामाजिक सञ्जालमा प्रयोग भइरहेका ‘स्किबिडी’ (Skibidi) र ‘ट्रेडवाइफ’ (tradwife) जस्ता नयाँ शब्दहरू यस वर्ष क्याम्ब्रिज डिक्सनरीमा थपिएका छन्। यसरी करिब ६ हजारभन्दा बढी नयाँ शब्द औपचारिक रूपमा डिक्सनरीमा समावेश भएका हुन्।

‘स्किबिडी’ शब्द युट्युबमा भाइरल बनेको एनिमेटेड भिडियो सिरिजका निर्माताद्वारा सिर्जना गरिएको अर्थहीन तर रमाइलो शब्द हो। यसलाई कहिले ‘कूल’, कहिले ‘खराब’ वा कहिले कुनै अर्थ नभएको मजाककै रूपमा प्रयोग गर्न सकिन्छ। यस्तै, ‘ट्रेडवाइफ’ भने ‘Traditional Wife’ को छोटकरी हो, जसले परम्परागत गृहिणीलाई जनाउँछ । विवाहित महिला जसले खाना पकाउने, घर सफा गर्ने र सामाजिक सञ्जालमा आफ्ना अनुभवहरू पोस्ट गर्ने गर्छिन्।

क्याम्ब्रिज डिक्सनरीका लेक्सिकल प्रोग्राम म्यानेजर कोलिन म्याकिन्टोस का अनुसार, ‘इन्टरनेट संस्कृतिले अङ्ग्रेजी भाषालाई तीव्र गतिमा बदलिरहेको छ र यसलाई डिक्सनरीमा टिपोट गर्न पाउनु आफैँमा चासोको विषय हो।’

यसपटक थपिएका शब्दहरूमा टेक कम्पनी, रिमोट वर्किङ लगायत डिजिटल जीवनशैलीसँग सम्बन्धित नयाँ शब्दावली पनि सामेल गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट