हेटौँडा : मकवानपुरमा सञ्चालनमा रहेका शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण केन्द्रहरू (कन्सल्टेन्सी) लाई कागजपत्रसहित हाजिर हुन जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्देशन गरेको छ ।
कन्सल्टेन्सीहरूले कानुनको उल्लंघन गर्दै अनुमतिविना तथा अनियमित रूपमा सेवा सञ्चालन गरेको गुनासो बढेपछि प्रशासनले सोमबार सात दिनभित्र कागजातहरू अद्यावधिक गर्न भनेको हो ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलका अनुसार कन्सल्टेन्सीहरूले इजाजतपत्र, व्यवसाय दर्ता प्रमाणपत्र, कर दाखिला विवरण, प्रशिक्षकको योग्यताको प्रमाण, घर भाडा सम्झौता, परामर्शदाता तथा प्रशिक्षकको करार सम्झौता, विदेशी प्रशिक्षक भएमा भिसा, राहदानी र श्रम स्वीकृतिसहित कागजातहरू बुझाउन भनेको छ ।
यस्तै शाखा सञ्चालन गरिएका भए त्यससम्बन्धी अनुमति पत्र पनि पेस गर्न भनिएको छ । निर्धारित समयभित्र विवरण पेस नगरे वा आवश्यक मापदण्ड नपुगे प्रचलित कानुनअनुसार गरिने उनले बताए ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij