क्यानबेर्रा : अस्ट्रेलियाको एक अदालतले घरेलु ध्वजावाहक विमान सेवा प्रदायक कम्पनी क्वान्टास एयरलाइन्सलाई ५ करोड ९० लाख डलर जरिवाना लगाएको छ ।
कोभिड–१९ महामारीको समयमा १ हजार ८२० भन्दा बढी ग्राउन्ड कामदारहरूलाई अवैध रूपमा बर्खास्त गरेकोको मामिलामा कम्पनीलाई उक्त जरिवाना लगाइएको हो । अस्ट्रेलियाली यातायात मजदुर संघले यो निर्णयको स्वागत गरेको छ ।
फेयर वर्क ऐन अन्तर्गत कुनै पनि अस्ट्रेलियाली कम्पनीमाथि लगाइएको यो अहिलेसम्मकै सबैभन्दा ठुलो जरिवाना हो । यो सजायले अन्य कम्पनीका लागि उदाहरण स्थापित गर्ने सङ्घीय अदालतका न्यायाधीश माइकल लीले बताएका छन् । क्वान्टास एयरलाइन्स पनि जरिवाना तिर्न सहमत भएको छ ।
कोभिडको समयमा आफूले गरेको निर्णयले कर्मचारीहरूलाई हानि पुगेको अनि यस कार्यका लागि जबाफदेही बनाइनुले अदालतको निर्णय आफूले स्वीकार्य भएको क्वान्टसको भनाइ छ । क्वान्टास समूहका सीईओ भेनेसा हडसनले भनिन्, ‘यो दुःख भोग्नु परेको १ हजार ८२० ग्राउन्ड ह्यान्डलिङ कर्मचारी र उनीहरूका परिवारहरूसँग हामी माफी चाहन्छौँ ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij