Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

टोकियोमा एनआरएनए जापानको नवनिर्वाचित टिमलाई सम्मान

टोकियोमा एनआरएनए जापानको नवनिर्वाचित टिमलाई सम्मान

टोकियो : टोकियोमा हालै सम्पन्न एनआरएनए जापानको (२०२५–२०२७ कार्यकालको कार्य समितिलाई) निर्वाचनमा विजयी भएका पदाधिकारीहरूलाई सम्मान गरिएको छ । कास्की पोखरा समाज जापानले आइतबार भव्य सम्मान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुभास लामिछानेले सम्बोधन गर्दै जापानमा रहेका नेपाली समुदायको समृद्ध भविष्य र साझा हितका लागि सबै संघ संस्थासँग सहकार्य र सहयात्राको आवश्यकता औँल्याउँदै, संस्थागत एकता र सहकार्यलाई आफूले प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।

समारोहलाई सम्बोधन गर्ने अधिकांश वक्ताहरूले प्रवासमा नेपाली समुदायको पहिचान, गौरव र अधिकार सुनिश्चिततामा यस्ता संस्थागत एकताले महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरेका थिए । साथै समाजले सञ्चालन गर्दै आएका सामाजिक, साहित्यिक र सांस्कृतिक अभियानलाई अझ सशक्त पार्दै कास्की–पोखराको पहिचानलाई जापानसहित विश्वभर उजागर गर्नुपर्नेमा जोड दिइएको थियो ।

एनआरएनए आईसीसीका उपाध्यक्ष रोविन शेरचनज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कास्की पोखरा समाज जापानका अध्यक्ष कमल बास्तोलाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम महासचिव जीवन पोख्रेल ‘कन्चन’ ले कार्यक्रम सञ्चालन गरेका थिए भने उपाध्यक्ष सरोज कार्कीले आतिथ्यपूर्ण स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट