Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

पाकिस्तानको शाङ्गला जिल्लामा बाढीः एकै गाउँका २० सहित ३६ जनाको मृत्यु

पाकिस्तानको शाङ्गला जिल्लामा बाढीः एकै गाउँका २० सहित ३६ जनाको मृत्यु

इस्लामाबाद : मुसलधारे वर्षापछिको बाढीका कारण पाकिस्तानको शाङ्गला जिल्लाको ख्वर बन्द गाउँलाई तहसनहस पारेको छ । यहाँ बाढीका कारण सो गाउँमा मात्रै २० जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान आएको विनाशकारी बाढीमा परेर पाँच जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार अचानक आएको बाढीमा परेर जिल्लाभरमा कुल ३६ जनाको मृत्यु भएको छ ।

हालैका दिनमा मुसलधारे वर्षा र बाढीले पाकिस्तानमा सयौंको मृत्यु भएको छ । क्लाउड ब्रष्टको चपेटामा आएको खैबर पख्तुन्ख्वा प्रान्तमा ३२३ जनाको मृत्यु भएको समाचार आएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट