Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

अमेरिकाको निर्णयप्रति खुसी छन् जेलेन्स्की

अमेरिकाको निर्णयप्रति खुसी छन् जेलेन्स्की

किभ : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्दैछन् । यो भेटअघि जेलेन्स्कीले युरोपेली देशका नेताहरूसँग कुरा गरेका थिए ।

यो कुराकानीपछि जेलेन्स्कीले देशलाई सुरक्षा ग्यारेन्टी दिने अमेरिकाको निर्णयप्रति खुसी व्यक्त गरेका छन् । साथै, जेलेन्स्कीले शान्ति सम्झौताको लागि अमेरिका, रुस र युक्रेनको तीन–स्तरीय संरचना सिर्जना गर्न अपिल पनि गरेका छन्, ताकि विभिन्न मुद्दाहरूमा सहमति जुटाउन सकियोस् ।

‘महत्त्वपूर्ण मुद्दाहरू समाधान गर्न युक्रेनलाई प्रत्यक्ष रूपमा वार्तामा संलग्न गराउनुपर्छ भन्ने कुरामा सबैले समर्थन गरेका छन्,’ सामाजिक सञ्जालमा शेयर गरिएको पोस्टमा जेलेन्स्कीले लेखेका छन् ।

‘युक्रेनलाई सुरक्षा प्रत्याभूति दिने अमेरिकाको निर्णय ऐतिहासिक छ । यद्यपि, यो व्यावहारिक हुनुपर्छ र यसले युक्रेनलाई जमिनका साथै हावा र समुद्रमा सुरक्षा प्रदान गर्नुपर्छ । साथै, युरोपलाई पनि यसमा समावेश गर्नुपर्छ ,’ पोस्टमा लेखिएको छ ।

जेलेन्स्कीले युरोपेली नेताहरूलाई २०२२ मा जस्तै एकताबद्ध रहन पनि अपिल गरेका छन् । वास्तविक शान्तिको लागि युरोप एकताबद्ध रहन आवश्यक भएको उनले बताए । अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष सल्लाहकार स्टिभ विटकफले अलास्कामा भएको बैठकमा रुसी राष्ट्रपति पुटिनले पनि युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने कुरामा सहमति जनाएको दाबी गरेका छन् ।

  • रुसले पनि माग्यो सुरक्षा ग्यारेन्टी
जसरी युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिइँदै छ, त्यसरी नै पश्चिमी देशहरूले रुसलाई पनि सुरक्षा ग्यारेन्टी दिनुपर्ने रुसले भनेको छ । भियनामा संयुक्त राष्ट्रसंघका लागि रुसका स्थायी प्रतिनिधि मिखाइल उल्यानोभले यस्तो भनेका हुन् । धेरै युरोपेली नेताहरू शान्ति सम्झौता अन्तर्गत युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने पक्षमा छन् । रुस यससँग सहमत छ, तर रुसलाई पनि सुरक्षा ग्यारेन्टी पाउने अधिकार भएको उनले बताए । सुरक्षा ग्यारेन्टीको बारेमा रुससँग वार्ता सुरु नगरेर पश्चिमी देशहरूले गल्ती गरिरहेको चेतावनी पनि उल्यानोभले दिएका थिए ।
  • म्याक्रोनले भने– युक्रेनले हारेको क्षेत्र छोड्नुपर्नेछ

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले भनेका छन् कि यदि युक्रेनले रुससँग शान्ति सम्झौता गर्नुपर्‍यो भने, अन्ततः हारेको क्षेत्र छोड्न सहमत हुनुपर्नेछ। म्याक्रोनले सामाजिक सञ्जालमा सेयर गरिएको पोस्टमा यो कुरा भनेका छन्। म्याक्रोनले यो पनि भने कि उनको देश युक्रेनको साथ दृढतापूर्वक उभिएको छ र उनले युक्रेनलाई दिइने सम्भावित सुरक्षा ग्यारेन्टीलाई पनि समर्थन गरे र यस विषयमा अमेरिकासँग मिलेर काम गर्ने कुरा गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट