Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

युक्रेनका राष्ट्रपतिले ‘चाहेमा’ युद्ध अन्त्य हुने डोनाल्ड ट्रम्पको दाबी

युक्रेनका राष्ट्रपतिले ‘चाहेमा’ युद्ध अन्त्य हुने डोनाल्ड ट्रम्पको दाबी

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपतिले चाहेमा युद्ध रोकिने दाबी गरेका छन् । आइतबार आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा ट्रम्पले सो दाबी गरेका हुन् । उनले त्यसको लागि युक्रेनले नेटोमा प्रवेश गर्ने सोच त्याग्नु पर्ने बताए । ह्वाइट हाउसमा भोलोडिमिर जेलिन्स्कीलाई स्वागत गर्नु केही घण्टाअघि, ट्रम्पले यो पनि भने कि २०१४ मा मस्कोले अवैध रूपमा कब्जा गरेको क्राइमिया प्रायद्वीप ‘फिर्ता पाउन सकिँदैन ।’

यो बयान अलास्कामा भएको ट्रम्प–पुटिन शिखर वार्तापछि आएको हो, जसमा अमेरिकी राष्ट्रपतिले युद्धविरामको माग छोडेर स्थायी शान्ति सम्झौता खोज्ने घोषणा गरेका थिए । अमेरिकी दूतले आइतबार भनेका थिए कि पुटिनले युक्रेनका लागि ‘नाटो–जस्तै सुरक्षा सम्झौता’ को सम्भावनामा सहमति देखाएका छन् । रुसी राष्ट्रपति लामैदेखि युक्रेन नाटोमा जाने विचारको विरोधी रहँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट