Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

राजनीतिलाई पैसा कमाउने माध्यम नबनाऔँ : राजेन्द्र लिङ्देन

राजनीतिलाई पैसा कमाउने माध्यम नबनाऔँ : राजेन्द्र लिङ्देन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई पैसा कमाउने माध्यम नबनाउन आग्रह गरेका छन् ।

राप्रपा केन्द्रीय प्रशिक्षण विभागले आइतबार काठमाडौँमा आयोजना गरेको नारी नेतृत्व समृद्धि प्रशिक्षण कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीति नितान्त सेवाको क्षेत्र भएकाले पैसा कमाउने माध्यम नबनाउन आग्रह गरेका हुन् । उनले राजनीतिले खान लाउन नदिने भएकाले राजनीतिमा लागेका हरेक व्यक्तिहरूले कुनै न कुनै व्यवसाय गर्नै पर्ने उल्लेख गरे ।

लिङ्देनले आफूले राजनीतिक जीवनमा कुनै बेइमानी नगरेको र कसैको एक रुपैयाँ पनि घुस नलिएको बताए ।उनले नेपालका भएका स्रोत साधनको अधिकतम उपयोग गर्न सके कुनै पनि युवाहरू बिदेसिन नपर्ने गरी स्वदेशमा परिचालन गर्न सकिने धारणा राखे ।

उनले पार्टीले लिएको उद्देश्यका एकजुट भएर लाग्न पार्टीको महिला सङ्गठनलाई निर्देशन दिए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट