Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रसुवागढीमा चाडपर्व अघि बेलिब्रिज सञ्चालनमा नआउने

रसुवागढीमा चाडपर्व अघि बेलिब्रिज सञ्चालनमा नआउने

काठमाडौँ :  नेपाल चीन जोड्ने रसुवागढीमा चाडपर्व अघि बेलिब्रिज सञ्चालनमा ल्याउन नसकिने भएको छ ।

आइतबार पूर्वाधार विकास समितिमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शरेमाले जानकारी दिए ।

'५० मिटरभन्दा लामो बेलिब्रिज जडानका लागि जटिल छ । यहाँ १०० मिटर लामो आवश्यक छ ।चाडपर्वअघि बेलिब्रिज बनाएर सञ्चालनमा आउने भनेपछि हामी उत्साहित थियौँ ,’उनले भने,’तर पछि चिनिया सरकारले सरी चाडपर्व अघि सक्दैनौ भने ।’

दुई देखि अढाई महिना लाग्ने देखिएको उनले जानकारी दिए । गत असार २४ गते चीनतर्फबाट आएको बाढीले रसुवागढी चीन जोड्ने मितेरी पुल बगाएकाे थियो । साथै रसुवागढी स्याफ्रुबेसी सडकका साथै ठुलो धनजनको क्षति गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट