Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

गोरखा बजारमा एनपिआइ गोरख हस्पिटलको मुख्यमन्त्री पाण्डेद्वारा उद्वघाटन, उपचारमा ५० प्रतिशत छुट अफर !

गोरखा बजारमा एनपिआइ गोरख हस्पिटलको मुख्यमन्त्री पाण्डेद्वारा उद्वघाटन, उपचारमा ५० प्रतिशत छुट अफर !

गोरखा : ग्रमिण क्षेत्रका सर्वसाधारणलाई सहज स्वास्थ्य पहुंच दिने लक्ष्यका गोरखा बजारमा एनपिआई गोरखा हस्पिटल सञ्चालनमा आएको छ । एक भव्य समारोहका विच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले हस्पिटलको उद्वघाटनसगैं सेवा शुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै उनले नीजि क्षेत्रको ठूलो प्रयासमा अत्याधुनिक सेवासहित गोरखा हस्पिटल सञ्चालन हुनु गौरवको कुरा भएको भन्दै सञ्चालकहरूलाई बधाई दिए । उनले जनतालाई सहज स्वास्थ्य सेवा दिने सरकारको लक्ष्यमा नीजि क्षेत्र अग्रसर हुनु स्वास्थयमा गण्डकी प्रदेशको महत्वपूर्ण उपलब्धी भएको बताए । पाण्डेले प्रदेशलाई स्वास्थ्य क्षेत्रको ‘हव’ बनाउने लक्ष्य रहेको बताए । उनले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिकतामा राखेर चालु आर्थिक वर्षमा कूल बजेटको १० प्रतिशत रकम विनियोजन गरेको जानकारी दिए। गण्डकीलाई स्वास्थ्य पर्यटनको केन्द्र बनाउन सकिने सम्भावना औँंल्याउँदै मुख्यमन्त्री पाण्डेले सोही उद्देश्यका साथ योजनाबद्ध काम भइरहेको उल्लेख गरे। “आफू मुख्यमन्त्री हुँदा प्रदेशभरिका अस्पतालमा १६५ शय्या मात्र रहेकामा अहिले ६५० शय्यामा विस्तार भएका छन्”, उनले भने । चितवन र गोरखाका समाजसेवी तथा व्यवसायी र चिकित्सहरूको ५५ करोड लगानीमा गोरखामा सुविधा सम्पन्न हस्पिटल सुरू भएको अध्यक्ष लेखराज पन्त (हरि)ले बताए । गोरखा नगरपालिका वडा नम्बर ८ को नमुना प्रतिक्षालय टोल क्षेत्रमा ५४ करोड ७५ लाख २५ हजार रुपैया लगानीमा एनपिआई गोरखा अस्पताल निर्माण भएको पन्तले बताए ।

९ रोपनी क्षेत्रफलमा बनेको अस्पतालले गोरखामै सुविधासम्पन्न स्वास्थ्य सेवा दिएको समितिका अध्यक्ष लेखराज पन्तले बताए । सेवा सुरू भएसंगै अस्पतालले विभिन्न रोगको उपचार र चेकजाँचका लागि सुविधासम्पन्न मेसिन, उपकरणहरु समेत ल्याइसकेको छ । अस्पतालले गोरखामा पहिलोपटक इन्डोस्कोपी र सिटी स्क्यान मेसिन समेत भित्राएको छ ।

अस्पताल सञ्चालनका लागि गण्डकी प्रदेश सरकारबाट अनुमति प्राप्त भइसकेको प्रबन्ध सञ्चालक पुष्पराज शर्माले जानकारी गराए ।अस्पतालले स्त्री रोग, नशा तथा हाडजोर्नी, बाल रोग, शल्यक्रिया, रेडियोलोजिस्ट, एनेस्थेसिया, मेडिसिन (पेट, मुटु, छाती, प्रेसर, सुगर, दम र थाइरोइड) लगायत विशेषज्ञ सेवा दिने उनको भनाई छ ।

सेवा शुभारम्भको पहिलो दिन अस्पतालले ओपीडी सेवा निःशुल्क र बाँकी सेवा शुल्कमा ५० प्रतिशत छुट दिएको थियो। त्यस्तै दोस्रो र तेस्रो दिन ओपीडीमा ५० प्रतिशत र अरू सेवा शुल्कमा २५ प्रतिशत छुट हुने प्रबन्ध सञ्चालक शर्माले बताए ।

गोरखासँगै तनहुँ, लमजुङ, धादिङ लगायतका जनतालाई सुविधासम्पन्न स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उदेश्यले निर्माण गरिएको अस्पतालले निकट भविष्यमै नर्सिङ कलेज सञ्चालनको समेत योजना बनाएको शर्माको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट