Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

काठमाडौँ :  राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ ।

आइतबार बिहान दुई दिने नेपाल भ्रमणमा आउँनुभएका विदेश सचिव मिस्रीले राष्ट्रपतिको कार्यालयमा पुगेर शिष्टाचार भेट गर्नुभएको हो ।

सो भेटका अवसरमा राष्ट्रपति पौडेलले एक मित्र एवम् निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिबाट नेपालले लाभ हासिल गरेको र अझ बढी लाभान्वित हुन चाहेको बताउनुभयो ।

“एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिको रुपमा भारतको सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा देखिएको प्रगतिबाट हामी प्रसन्न र उत्साहित छौँ, एक मित्र एवम् निकट छिमेकीका नाताले भारतका प्रगतिबाट नेपालले लाभ हासिल गरेको छ र अझ बढी लाभान्वित हुन चाहन्छ”, शिष्टाचार भेटमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले भन्नुभयो ।

उहाँले नेपाल र भारतबिच शताब्दीऔंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, तथा जनस्तरको निकट सम्बन्ध रही आएको बताउनुहुँदै दुई मुलुकबीचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित छ रहेको उल्लेख गर्नुभएको छ ।

“नेपालले भारतसँगको सम्बन्धलाई सधै उच्च प्रथामिकतामा राख्दै आएको छ, छिमेकीसँगको सम्बन्धलाई विशेष महत्त्व दिने भारत सरकारको “छिमेक पहिलो नीति” को नेपाल सराहना गर्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

सो अवसरमा भारतीय विदेश सचिव मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिने नीति अनुसार नेपाल प्राथमिकताको उच्च स्थानमा रहेको बताउनुभयो ।

विदेश सचिव मिस्रीले आफ्नो भ्रमणका अवसरमा आधुनिक युगमा दुवै देशको प्रगति एवम् विकासका लागि कनेक्टीभीटी कसरी बढाउने भन्ने विषयमा छलफलको अवसर मिल्ने तथा यस भ्रमणबाट दुवै देशको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट