Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

मुख्यमन्त्री पाण्डेव्दारा जेसीज सप्ताह उदघाटन

मुख्यमन्त्री पाण्डेव्दारा जेसीज सप्ताह उदघाटन

गोरखा : गोरखा जेसीजले आज देखी जेसीज सप्ताह मनाउन सुरु गरेको छ । सप्ताह भाद्र ७ गतेसम्म सञ्चालनमा आउने अध्यक्ष सुमन गुरुङले जानकारी दिनु भयो।जेसीज सप्ताह–२०२५ नाम दिएको उक्त कार्यक्रमको पहिलो दिन आज आइतबार खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको मूल संयोजक रचन परियारले बताउनु भयो ।खुल्ला दौड प्रतियोगितामा ५३ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक सुजित श्रेष्ठले जानकारी दिनु भयो।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उद्घाटन गरेको दौड प्रतियोगितामा निर्धारित दुरी पार गरी प्रथम, द्वितीय र तृतीय नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबका गणेश सिंह राउत, यमराज खत्री र गौतम श्रेष्ठ भएका छन् ।

उनीहरूले क्रमशः.२१ मिनेट ५० सेकेन्ड, २२ मिनेट ३७ सेकेन्ड र २२ मिनेट ४५ सेकेन्डमा दुरी पार गरेका थिए ।प्रतियोगितामा सान्त्वना हुने सरोज गिरीले २३ मिनेट ०३ सेकेन्डमा दुरी पार गरेको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिनु भयो।

दौड गोरखा नगरपालिका–५ को पश्लाङ चौताराबाट सुरु भएर ५ नम्बर वडा कार्यालय–मैदान–ठुलो आँगन–पाटे चौर–हस्पिटल चोक–हरमटारी चोक–शक्ति चोक–बसपार्क हुँदै नयाँ बसपार्कबाट कालो बरको चौतारा–धारा पानी हुँदै पँदेली महादेव स्थानमा पुगेर समापन भएको थियो ।

६ किलो मिटर ५०० मिटरको उक्त दौडमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः. १५ हजार, ७ हजार ५०० सय, ४ हजार र २ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक श्रेष्ठले जानकारी दिनुभयो।

सप्ताह अन्तर्गतको दोस्रो दिन भोली सोमबार भाद्र २ गते आरु घाट गाउँपालिकाको आरु घाट बजारमा रहेको भिमोदय बहुमुखी क्याम्पसमा जनचेतना मूलक कार्यक्रम राखिएकोकार्यक्रम संयोजक युनिक अर्यालले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट