Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

युएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी

युएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी

काठमाडौँ :  संयुक्त अरब इमिरेट्स (युएई) ले विभिन्न कसुरमा जेल सजाय भोगिरहेका नेपालीको कैद मिनाहा गर्ने भएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व ईद अल–अदाहका अवसरमा विभिन्न कसुरमा युएईको जेलमा सजाय भोगिरहेका १२० जना नेपालीको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी प्रदान गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

‘नेपालीहरूको कैद सजाय मिनाहा गरिएकामा नेपाली दूतावास, अबुधावीले संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ’, दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट