Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

काठमाडौँमा एपोलो अस्पतालको विशेष पत्रकार सम्मेलन, नयाँ उपचार प्रविधिबारे जानकारी

काठमाडौँमा एपोलो अस्पतालको विशेष पत्रकार सम्मेलन, नयाँ उपचार प्रविधिबारे जानकारी

काठमाडौँ : ग्यास्ट्रोएन्टेरोलोजी र न्युरोलोजी उपचारका क्षेत्रमा पछिल्लोपटक भएका विकास र प्रविधिबारे जानकारी दिन नयाँ दिल्लीको इन्द्रप्रस्थ एपोलो अस्पतालले काठमाडौँमा विशेष पत्रकार सम्मेलन आयोजना गरेको छ ।शनिबार आयोजित कार्यक्रममा अस्पतालका वरिष्ठ चिकित्सकहरूले आफ्ना-आफ्ना क्षेत्रका उपलब्धि र नयाँ उपचार प्रविधिबारे विस्तृत जानकारी दिए ।

कार्यक्रममा सिनियर कन्सल्टेन्ट ग्यास्ट्रोएन्टेरोलोजी तथा हेपाटोलोजी डा. संजय सिक्काले अस्पतालले पाचन प्रणाली, कलेजो र प्यान्क्रियाससम्बन्धी उपचारमा पछिल्ला वर्षमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको जानकारी दिए । उनले भने, ‘हामीले बिरामीको रोगको सटीक निदान, छिटो उपचार र दीर्घकालीन स्वास्थ्य सुधारलाई लक्षित गर्दै उच्चस्तरीय उपचार प्रविधि र नवीनतम विधिहरू अपनाएका छौँ ।’

डा. सिक्काले पाचनसम्बन्धी समस्यामा प्रयोग हुने उच्चस्तरीय इन्डोस्कोपी, उपचारात्मक इन्डोस्कोपी, क्याप्सुल इन्डोस्कोपी, इसोफेजियल म्यानोमेट्री, पीएच मनिटरिङ जस्ता प्रविधिका साथै ईआरसीपी, ईयूएस, ईएमआर, ईएसडी, स्पाइग्लास कोलेन्जियोस्कोपी र प्यान्क्रियाटोस्कोपीजस्ता जटिल उपचार विधिबारे विस्तृतमा जानकारी दिए ।

apollo-doctor (1)

उनले थपे, ‘हामीले बिरामीलाई छिटो निको पार्न र अनावश्यक सर्जरी कम गर्न नवीनतम प्रविधिमा आधारित उपचार रणनीति अपनाएका छौँ ।’ साथै, विशेष सेवाको रूपमा एकैदिनमा नै उपचार गर्ने सुविधा, उच्च गुणस्तरको उदान प्रणाली र बिरामीमैत्री वातावरणले अस्पताललाई थप प्रभावकारी बनाएको उनको भनाइ थियो ।

कार्यक्रममा न्युरोलोजी विभागका वरिष्ठ कन्सल्टेन्ट डा. पीएन रेनजेनेले न्युरोलोजी उपचारका क्षेत्रमा भएका नयाँ उपलब्धि र अस्पतालको क्षमताबारे जानकारी दिए । उनले स्ट्रोक, मिर्गी, पार्किन्सन रोग, न्युरोप्याथी, मल्टिपल स्क्लेरोसिस, मायोथेनिया ग्रेभिस, टाउकोमा चोटपटक, स्पाइनल डिसअर्डर र मस्तिष्क ट्युमरजस्ता जटिल स्नायु रोगहरूको उपचारमा एपोलो अस्पताल सक्षम रहेको बताए ।

उनले भने, ‘यदि समयमै र नयाँ प्रविधिका साथ हस्तक्षेप गर्न सकिने हो भने बिरामीको निको हुने दर मात्र होइन, जीवनस्तर पनि उल्लेख्य सुधार हुन्छ ।’ अस्पतालमा उपलब्ध न्युरोइमेजिङ, इलेक्ट्रोफिजियोलोजिकल अध्ययन र अन्य आधुनिक विधीहरूले बिरामीको उपचारमा नयाँ सम्भावना सिर्जना गरेको उनको भनाइ थियो ।

apollo-doctor (2)

सन् १९८३ मा स्थापना भएको एपोलो अस्पताल अहिले भारतभरि फैलिएको आधुनिक स्वास्थ्य संरचनासहित एसियाकै अग्रणी एकीकृत स्वास्थ्य सेवा प्रदायकका रूपमा परिचित रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट