Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सहकारी समस्या हल गर्न सरकार प्रयत्नरत छ : मन्त्री रायमाझी

सहकारी समस्या हल गर्न सरकार प्रयत्नरत छ : मन्त्री रायमाझी

हेटौँडा : बागमती प्रदेशकी  सहकारी तथा गरिबी  निवारण मन्त्री  बिनु रायमाझीले सहकारी  समस्या हल गर्न  सरकार प्रयत्नरत  रहको बताएकी छिन् । समस्याग्रस्त सहकारीको अध्ययन गरी व्यवस्थापनको लागि सरकारले काम गरिरहेको उनले बताइन् ।

नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले समस्याग्रस्त सहकारीको अध्ययनका लागि विज्ञ टोली निर्माण गरेर अघि बढ्ने बताइन् । समस्याग्रस्त सहकारीको व्यवस्थापन गरी सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने गरी काम सरकारको प्राथमिकतामा रहने उनको भनाइ छ ।

उनका अनुसार  सरकारी क्षेत्रका विकृति  विसङ्गति नियन्त्रणका  लागि सरोकार  पक्षसँग आवश्यक  छलफल र सहकार्य  गर्न सरकार तत्पर रहेको छ । आम बचतकर्ताको हित गर्ने गरी सरकारले सहकारीका समस्याहरूको पहिचान गरी व्यवस्थापनको लागि काम गर्ने उनले बताइन् ।

कार्यक्रममा  नेपाली  कांग्रेस  चितवनका सभापति  राजेश्वर  खनालले  सहकारीको  समस्या  समाधान गर्ने  जिम्मेवारी  कांग्रेसको  काँधमा रहेको बताए । उनले समस्याग्रस्त सहकारीको समस्या पहिचान गरेर व्यवस्थित र दीर्घकालीन रूपमा समाधानका लागि लाग्नुपर्ने बताए ।कार्यक्रमका बिच नवनियुक्त मन्त्री रायमाझीले वीपी कोइराला मेमेरियल क्यान्सर अस्पतालमा रहेको वीपीको शालिकमा माल्यापर्ण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट