Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेपाललाई बङ्गलादेश ‘ए’ ले दियो १८७ रनको प्रतिस्पर्धात्माक लक्ष्य

नेपाललाई बङ्गलादेश ‘ए’ ले दियो १८७ रनको प्रतिस्पर्धात्माक लक्ष्य

काठमाडौँ : अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको दोस्रो खेलमा नेपाललाई बङ्गलादेश ‘ए’ ले जितका लागि एक सय ८७ रनको प्रतिस्पर्धात्माक लक्ष्य दिएको छ ।

डार्विनको मरारा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको बङ्गलादेशले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८६ रन बनायो ।

बङ्गलादेशका लागि ओपनर जिसम आलमले सर्वाधिक ७३ रन बनाउनुभयो । यस्तै अफिफ हुसेनले अविजित ४८, मोहमद नेमले २५ र सैफ हसनले ११ रन बनाउनुभयो ।

बलिङमा नेपालका रिजन ढकालले दुई विकेट लिनुभयो । सन्दीप लामिछाने, करण केसी र नन्दन यादवले एक एक विकेट लिनुभयो । नेपाल सिरिजको पहिलो खेलमा शुक्रबार स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो ।

नर्दन टेरिटोरीविरुद्ध जितका लागि एक सय ७८ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३५ रनमा समेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij