कल्याणपुर (सप्तरी) : सप्तरीको खडक नगरपालिकामा सर्पदंशबाट एक वृद्ध महिलाको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नम्बर-९ लालपट्टी घर भएकी ७० वर्षीया भुलुरबती साहको सर्पदंशबाट मृत्यु भएको हो ।
शुक्रबार साँझ करिब ६ बजे आफ्नै खेतमा पानी पठाउने क्रममा सर्पले उनको बाँया हातमा टोकेको परिवारले जनाएको छ।
घाइते साहलाई तत्कालै श्रीबरख गण सर्पदंश उपचार केन्द्र, कल्याणपुर ल्याइएको र सामान्य उपचारपछि थप उपचारका लागि सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल लगिएको थियो ।
अस्पतालमा शुक्रबार राती चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
मृतकको शव सोही अस्पतालमै राखिएको र घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij