लण्डन : एस्टन भिल्लाले गत सिजन पाँच खेलमा प्रिमियर लिगको बलसम्बन्धी नियम उल्लङ्घन गरेको स्वीकार गरेपछि क्लबलाई १ लाख २५ हजार पाउन्ड जरिवाना तिराइएको छ।प्रिमियर लिगको प्रतिवेदनअनुसार, खेलका विभिन्न क्षणमा बल-ब्वाइज तथा बल-गर्लहरूले तोकिएको नियमअनुसार कोनबाट बल लिन दिने साटो भिल्लाका खेलाडीलाई सिधै बल दिएका थिए।
केही खेलहरूमा भिल्लाका खेलाडीले कर्नर लिन सहज होस् भनेर थप बल राखिएको थियो। एक अवसरमा त विपक्षी गोलरक्षकले गोल-किक लिन बल हातमै राखिरहेको बेला अर्को बल खेलमै फ्याँकिएको घटनासमेत उजागर भएको छ।
'क्लबहरूले प्रत्येक लिग खेलमा मल्टी-बल प्रणाली लागू गर्नुपर्नेछ र यससम्बन्धी नियम तथा मार्गनिर्देशन पालना गर्नु अत्यन्तै महत्त्वपूर्ण छ। यसले खेलमा समानता सुनिश्चित गर्छ र घरेलु क्लबले यस प्रणालीको दुरुपयोगमार्फत प्रतिस्पर्धात्मक फाइदा लिन नपाओस् भन्ने हाम्रो प्राथमिकता हो,' प्रिमियर लिगले जनाएको छ।जरिवाना तिर्नुका साथै एस्टन भिल्लालाई २०२५/२६ सिजनको पहिलो तीनवटा घरेलु मैदानका खेलमा मल्टी-बल प्रणाली प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij