Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

मुख्यमन्त्री बानियाँले नियुक्त गरे ५ मन्त्री, यी हुन् मन्त्री हुनेहरू

मुख्यमन्त्री बानियाँले नियुक्त गरे ५ मन्त्री, यी हुन् मन्त्री हुनेहरू

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ५ जना मन्त्री नियुक्त मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेसको भागमा परेका ५ मन्त्रीलाई शुक्रबार नियुक्त गरेर मुख्यमन्त्री बानियाँले मन्त्रिपरिषद् बिस्तार गरेका हुन्।

प्रभातकुमार तामाङ आर्थिक मामिला तथा योजना मन्त्री, शिवराज अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री, कञ्चनचन्द्र बादे सामाजिक विकासमन्त्री, बिनु रायमाझी सहकारी तथा गरिबी निवारण मन्त्री, सुरेश श्रेष्ठ संस्कृति तथा पर्यटन मन्त्री र उर्मिला केसी युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्।

यसअघि साउन २० गते मुख्यमन्त्री बानियाँले सत्तासाझेदार दल एमालेको भागमा परेको ६ जना मन्त्रीलाई नियुक्त गरेर शपथ गराएका थिए । २० साउनमा आफूसहित ८ मन्त्री नियुक्त गरेर मुख्यमन्त्री बानियाँले मन्त्रिपरिषद् गठन गरेका थिए ।शुक्रबार उनले दोस्रो चरणमा आफ्नै दल कांग्रेसका ५ जनालाई मन्त्री बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट