Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

‘वार २’को कमजोर ओपनिङ

‘वार २’को कमजोर ओपनिङ

बिहिबारबाट रिलिजमा आएको बलिउड फिल्म ‘वार २’ले बक्स अफिसमा कमजोर व्यापार गरेको छ । यशराज ब्यानरको निर्माणमा तयार भएको फिल्मले पहिलो दिन हिन्दी भाषामा २६ करोडको ओपनिङ गरेको हो । फिल्मले भारतका सबै भाषामा भने ५० करोडको ओपनिङ गरेको छ ।

आयन मुखर्जीको निर्देशनमा तयार भएको यो फिल्मको समीक्षा निकै खराब छ । यो फिल्मलाई समीक्षकहरूले निकै नै कमजोर रेटिङ दिएका छन् । जसकाकारण, पनि फिल्मको ओपनिङ कमजोर देखिएको हो । ४ सय करोडको बजेटमा बनेको फिल्म बक्स अफिसमा सुपर फ्लप हुने बाटोमा देखिएको छ ।

यो फिल्ममा ऋतिक रोशन, जुनियर एनटीआर, कियारा आडवाणी लगायतका कलाकारहरुको अभिनय छ । तर, फिल्मलाई दर्शकले समेत नरुचाएपछि यसको बक्स अफिसमा प्रभाव पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट