Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

विशाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु, ३५ जनाको उपचार हुँदै

विशाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु, ३५ जनाको उपचार हुँदै

एजेन्सी : कुवेतमा विशाक्त मदिरा सेवन गर्दा ६ जना नेपालीको मृत्यु भएको छ ।त्यस्तै ३५ जना नेपालीको विभिन्न ६ वटा अस्पतालमा उपचार भइरहेको बताइएको छ।गत शनिबारदेखि विशाक्त मदिरा सेवन गरी ६३ जना विदेशीको कुवेतको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये १३ जनाको मृत्यु भएको छ जसमा ६ जना नेपाली रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

कुवेतस्थित नेपाली दूतावासले कुवतेका परराष्ट्र र स्वास्थ्य मन्त्रालयलाई यसबारे जानकारी दिइसकेको छ ।कुवेतमा मदिरा सेवन गर्न प्रतिवन्ध छ ।प्रतिवन्ध भए पनि नेपालीसहित रोजगारीमा पुगेकाहरूले लुकिछिपी मदिरा सेवन गर्ने गरेको पाइन्छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट