Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

मानसिक रोगको समस्या तीव्र रूपमा बढ्दै गएको भन्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह

मानसिक रोगको समस्या तीव्र रूपमा बढ्दै गएको भन्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह

काठमाडौँ : नेकपा (एमाले)की सांसद इन्दिरादेवी गौतमले देशभर मानसिक रोगको समस्या तीव्र रूपमा बढ्दै गएको भन्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेकी छिन् । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद गौतमले यस्तो आग्रह गरेकी हुन् ।

उनले बेरोजगारी, आर्थिक सङ्कट, लागुऔषध सेवन लगायतका कारण मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको उल्लेख गर्दै यस विषयमा गम्भीर बन्न उनले सरकारको ध्यानाकर्षण गराइन् । मानसिक रोग उपचार गर्ने स्वास्थ्य संस्था र मनोचिकित्सकको सङ्ख्या सीमित भएकाले उपचारको अवस्था कमजोर रहेको बताउँदै उनले ग्रामीण क्षेत्रमा सेवा अझै भरपर्दो रूपमा नपुगेको उल्लेख गरिन् । गौतमले मानसिक स्वास्थ्यका लागि मनोचिकित्सक विशेषज्ञ, परामर्शदाता र आवश्यक सम्पूर्ण उपचार व्यवस्थाको विस्तार गर्न समेत माग गरिन् ।

बढ्दो मानसिक समस्याका कारण भविष्यमा समाजमा गम्भीर सङ्कट पैदा हुनेतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट