Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रदेश प्रहरी कार्यालय मधेसको नवनिर्मित भवन उद्घाटन गर्न जनकपुरधाम जाँदै प्रधानमन्त्री ओली

प्रदेश प्रहरी कार्यालय मधेसको नवनिर्मित भवन उद्घाटन गर्न जनकपुरधाम जाँदै प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज मधेस प्रदेशको राजधानी जनकपुरधाम जाँदैछन् ।साढे २३ करोडभन्दा बढीको लागतमा नवनिर्मित मधेस प्रदेश प्रहरी कार्यालयको नयाँ प्रशासनिक भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुरधाम जान लागेका हुन् ।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार प्रधानमन्त्री ओली शुक्रबार बिहान साढे ११ बजे हेलिकप्टरमार्फत जनकपुरधाम आइपुग्ने कार्यतालिका रहेको छ ।प्रहरीको नयाँ भवन उद्घाटनपछि उनी जनकपुरधाम र महोत्तरीमा सडक उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट