Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

भारतको स्वतन्त्रता दिवसका अवसरमा परराष्ट्रमन्त्रीद्वारा शुभकामना

भारतको स्वतन्त्रता दिवसका अवसरमा परराष्ट्रमन्त्रीद्वारा शुभकामना

काठमाडौँ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमा आफ्ना भारतीय समकक्षी डा एस जयशङ्करलाई उल्लेख गर्दै उनले नेपालले भारतसँगको आफ्नो लामो र दिगो साझेदारीलाई अधिक महत्व दिएको बताइन् ।

“भारतको स्वतन्त्रता दिवसमा हामी भारतका जनताको समृद्धि, एकता र सद्भावको निरन्तरता चाहन्छौँ, भारत विश्वभरका देशलाई प्रेरणा दिँदै लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस्”, परराष्ट्रमन्त्रीले एक्समा लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट