Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

‘आचार्य’पछि ‘आ बाट आमा’मा जोडिइन् उषा‘आचार्य’पछि ‘आ बाट आमा’मा जोडिइन् उषा

‘आचार्य’पछि ‘आ बाट आमा’मा जोडिइन् उषा‘आचार्य’पछि ‘आ बाट आमा’मा जोडिइन् उषा

टिकटकबाट चर्चामा आएर म्यूजिक भिडियोमा सफल मोडलको रुपमा स्थापित उषा उप्रेती अब फिल्म अभिनयमा केन्द्रित हुने मनस्थितिमा देखिएकी छन् । केही महिनाअघि अभिनेता निखिल उप्रेतीको निर्देशनमा बन्न लागेको फिल्म ‘आचार्य’मा अनुबन्धित भएकी उनले अब दोस्रो फिल्मको रुपमा ‘आ बाट आमा’ सम्झौता गरेकी छन् ।

बुधबार निर्माण पक्षले उषालाई फिल्मको प्रमुख पात्रमध्ये एक सशक्त भूमिकामा अनुबन्ध गरेको हो । उनको भूमिकाबारे भने जानकारी गराइएको छैन । एक सयभन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेकी उषाले अहिलेसम्म फिल्म अभिनयको अनुभव लिएकी छैनन् । ‘आचार्य’ र ‘आ बाट आमा’मध्ये जुन अगाडि छायांकनमा जान्छ, त्यही उनको डेब्यु फिल्म हुनेछ ।

यसअघि यो फिल्ममा विपना थापा, पल शाह, सिमरन पन्त, दक्षिण भारतीय फिल्मका अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन् । फिल्ममा प्रदीप र विपना श्रीमान्-श्रीमतीको भूमिकामा देखिनेछन् भने पलले उनीहरुको छोराको भूमिका निभाउनेछन् । प्रदीप र विपनाले यसअघि ‘ह्रस्व दीर्घ’मा पनि एकसाथ काम गरेका थिए ।

द्वन्द्व निर्देशकको रुपमा स्थापित चन्द्र पन्तको निर्देशनमा बन्न लागेको फिल्मको छायांकन आगामी भदौ अन्तिमबाट सुरु गरिने जनाइएको छ । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मलाई आगामी फागुन १५ गते प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको छ । फिल्मले आमा र छोराको भावनात्मक सम्बन्धको कथा भन्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट