Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रवि लामिछानेको कोठाको झ्यालमा रहेको प्लाइउड हटाएर जाली राखियो

रवि लामिछानेको कोठाको झ्यालमा रहेको प्लाइउड हटाएर जाली राखियो

रुपन्देही : कारागार कार्यालय रुपन्देहीले पूर्व उपप्रधान तथा गृहमन्त्री एवं हाल निलम्बित प्रतिनिधि सभा सदस्य रवि लामिछानेको कोठाको झ्यालमा रहेको प्लाइउड हटाएर जाली राखी सकिएको जानकारी दिएको छ । लामिछाने रुपन्देही कारागारमा विगत चार महिनादेखि सहकारी ठगी सङ्गठित अपराध मुद्दामा थुनुवाको रूपमा रहेका छन् ।

कारागारका अनुसार लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गरी निजलाई प्रारम्भ देखि नै छुट्टै बन्दीगृहको अलग्गै एउटा कोठामा राखिएको हो । कारागारले उक्त कोठामा छुट्टै शौचालयको समेत व्यवस्था रहेको तथा उनलाई प्रारम्भ देखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम रहेको जनाएको छ ।

कारागार प्रशासकले कारागारमा कुल २५० जना बन्दी राख्ने क्षमता रहेकोमा हाल ६४० जना बन्दी रहेका छन्। क्षमता भन्दा तीन गुणा बढी बन्दीहरू रहेको अवस्थामा पनि यस कार्यालयले कारागारमा उपलब्ध स्रोत साधनको अति उत्तम परिचालन गरी कानुन बमोजिमका सेवा सुविधा समयमा नै उपलब्ध गराउँदै आएको बताएको छ ।

कारागारको भौतिक संरचना र क्षमता अनुसार बन्दीहरूलाई खाने, बस्ने, हिँडडुल गर्ने, पढ्ने (विद्यालय शिक्षा/पत्रपत्रिका), टेलिभिजन हेर्ने र आफन्तहरूलाई भेटघाट तथा टेलिफोन गर्ने सुविधा समान रूपमा उपलब्ध गराउँदै आएको प्रशासनको दाबी छ।

विज्ञप्तिमा भनिएको छ, ‘कारागार ऐन, २०७९ तथा कारागार नियमावली, २०२० बमोजिम अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिक तथा सुरक्षा जोखिम भएका व्यक्तिहरूलाई थप सुविधा समेत उपलब्ध गराउने गरिएको छ । थप सुविधा उपलब्ध गराउने `सम्बन्धमा कानुन बमोजिमका सकारात्मक विभेद बाहेक बन्दीहरूको बिचमा अन्य विभेद गरिएको छैन । कारागार प्रशासनको तर्फबाट समय समयमा कारागारभित्रको वस्तुस्थिति अवलोकन गर्ने बन्दीहरूका गुनासो सुन्ने र स्रोत साधनले भ्याएसम्म त्यसको सम्बोधन गर्ने कार्य गरिँदै आएको छ ।’

WhatsApp Image 2025-08-14 at 13.01.47_bf9f7026

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट