Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

तीन जिल्ला प्रमुख जिल्ला अधिकारीविहीन

तीन जिल्ला प्रमुख जिल्ला अधिकारीविहीन

काठमाडौँ : बुधबारबाट तीन जिल्ला प्रमुख जिल्ला अधिकारीविहीन भएका छन् । भक्तपुर, ललितपुर र दाङ प्रमुख जिल्ला अधिकारीविहीन भएका हुन् । ललितपुर प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई साउन २६ गतेको मन्त्रिपरिषद्ले गृह मन्त्रालयभन्दा बाहिर सरुवा गरेको छ । सरुवा गरेको निर्णय साउन २८ गते बुधबार सार्वजनिक भएको हो ।

पाण्डेलाई अर्थ मन्त्रालय र ढकाललाई गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई गृहमन्त्री रमेश लेखकले मन्त्रिस्तरीय निर्णयबाट बुधबार कैलालीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट