Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

पत्रकारितामा स्नातकोत्तर पढाई अब आरआरबाटै

पत्रकारितामा स्नातकोत्तर पढाई अब आरआरबाटै

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयअन्तर्गतको रत्न राज्यलक्ष्मी क्याम्पसबाटै आगामी वर्षदेखि पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्न पाइने भएको छ ।क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले प्रकाशन गरेको जर्नलको नयाँ अङ्क विमोचन कार्यक्रममा क्याम्पस प्रमुख डा पद्मकुमार अधिकारीले स्नातकोत्तर पढाईसँगै भौतिक र प्राविधिक संरचनामा आगामी वर्ष उल्लेख्य लगानी बढाउने तयारी रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्माले आरआर क्याम्पसले उत्पादन गरेका दक्ष जनशक्तिलाई उचित अवसर प्राप्त गर्ने दिशामा महासङ्घ लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रेस काउन्सिलका सदस्य शन्तराम बिडारीले आरआर क्याम्पसको उत्पादनले नेपाली पत्रकारिता जगत धानेको बताउँदै बजारमा भित्रिँदै गरेका नयाँ अनुहारहरुले विगतका विकृति पहिचान गर्दै आचारसंहितासहितको पत्रकारिताको प्रवर्द्धन गर्न सक्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा क्याम्पसको पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा जगत नेपाल, क्याम्पसका सहायक क्याम्पस प्रमुखहरु, डा रमेश गौतम, डा विष्णुप्रसाद ज्ञवाली, गोविन्दप्रसाद आचार्य, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष लोकेशकुमार खड्का तथा विभिन्न तहमा अध्ययनरत विद्यार्थी एवं प्राध्यापकहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट