Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

राप्रपा निकट युवा संगठन विभाजित, समानान्तर समिति घोषणा

राप्रपा निकट युवा संगठन विभाजित, समानान्तर समिति घोषणा

काठमाडौँ  : राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौँ जिल्ला समिति विभाजित भएको छ । राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा निकट समूहले समानान्तर समितिको घोषणा गरेका हुन् ।

आज चाबहिलमा आयोजित जिल्ला अधिवेशनमा दुई पक्षबिच हात हालाहाल भएको थियो । त्यसपछि अध्यक्ष राजेन्द्र लिङ्देनले अधिवेशन स्थगनको घोषणा गरेका थिए ।

उनी कार्यक्रमस्थल छोडेर हिँडेपछि असन्तुष्ट पक्षले ज्योति लामाको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट