Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

खैरहनीका नापी कार्यालय प्रमुखलाई मोसो दलेको आरोपमा एक जना पक्राउ

खैरहनीका नापी कार्यालय प्रमुखलाई मोसो दलेको आरोपमा एक जना पक्राउ

 चितवन :  चितवनको खैरहनी नगरपालिकामा रहेको नापी कार्यालयका प्रमुख शालिग्राम लम्साललाई मोसो दलेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेकपा बहुमत चितवन जिल्ला सेक्रेटरी ध्रुव खड्का रहेका छन् । उनलाई प्रहरीले मंगलबार साँझ नै पक्राउ गरेको हो ।

मंगलबार दिउँसो सेवाग्राहीका रुपमा आएका दुई जना युवाले नापी कार्यालयका प्रमुख लम्सालमाथि मोसो छ्यापेर भागेका थिए ।

यता नेकपा बहुमतले भने खड्कालाई प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरिएको भन्दै रिहाइ गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट