Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

निर्वाचन आयोगले भन्यो – रञ्जिता नै नाउपा अध्यक्ष हुन्

निर्वाचन आयोगले भन्यो – रञ्जिता नै नाउपा अध्यक्ष हुन्

काठमाडौं : निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष रञ्जिता श्रेष्ठ नै भएको जानकारी गराएको छ । असन्तुष्ट पक्षले पेस गरेको विवरण ऐन र विधान अनुसार नमिलेको भन्दै आयोगले श्रेष्ठलाई नै अध्यक्षको मान्यता प्रदान गरेको हो ।

काठमाडौंमा साउन १५ गते भएको नाउपाको राष्ट्रिय भेलाले लालवीर चौधरीलाई अध्यक्ष चयन गर्दै निर्वाचन आयोगमा अद्यावधिक गर्न निवेदन दिएको थियो । तर, निर्वाचन आयोगले रञ्जिता श्रेष्ठलाई नै अध्यक्ष कायम गरिदिएको छ।आयोगले राजनीतिक दलसम्बन्धी ऐन र दलको विधान हेरेर श्रेष्ठलाई नै अध्यक्ष कायम गरेको निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले जानकारी गराएकी छन् ।

नाउपा दर्ता हुँदा २१ सदस्यीय केन्द्रीय समितिमा लालवीर चौधरीको नाम थिएन। उनी २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा बर्दियामा स्वतन्त्र उम्मेदवार बनेर जितेपछि मात्रै नाउपामा प्रवेश गरेका थिए।

लालवीर नाउपा संरक्षक रेशम चौधरीका बाबु हुन् भने रञ्जिता रेशमकी श्रीमती हुन्। श्रीमतीलाई अध्यक्ष पदबाट हटाएर रेशमले बाबुलाई अध्यक्ष बनाएका थिए तर निर्वाचन आयोगले मान्यता दिएन।नाउपाले २०८० मा पहिलो महाधिवेशन गरेर रेशमलाई अध्यक्ष बनाए पनि निर्वाचन आयोगले मान्यता नदिएर रञ्जितालाई नै अध्यक्षमा कायम गरिदिएको थियो।आयोगको निर्णयले पत्नीलाई अध्यक्षबाट हटाएर बुवालाई स्थापित गराउने रेशमको प्रयास विफल भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट