Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

दलाई लामासँगको भेटपछि चीनले चेक गणराज्यका राष्ट्रपतिसँग सबै सम्बन्ध तोड्यो

दलाई लामासँगको भेटपछि चीनले चेक गणराज्यका राष्ट्रपतिसँग सबै सम्बन्ध तोड्यो

एजेन्सी : चीनले चेक गणराज्यका राष्ट्रपति पेटर पावेलसँग सबै प्रकारका सम्बन्ध अन्त्य गर्ने घोषणा गरेको छ ।पावेलले हालै भारतको लद्दाखमा तिब्बती आध्यात्मिक गुरु दलाई लामासँग गरेको भेटपछि बेइजिङले मंगलबार यस्तो कदम चालेको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताका अनुसार, ‘चेक राष्ट्रपति पावेलले चीनको बारम्बारको आपत्ति र कडा विरोधलाई बेवास्ता गर्दै दलाई लामासँग भेटघाट गरे। यो चीनका लागि उत्तेजक र अस्वीकार्य कदम हो,’ भन्दै कूटनीतिक विरोध दर्ता गरिएको छ।

पावेलले गत जुलाई २७ मा दलाई लामालाई भेटेका थिए। चीनले दलाई लामालाई पृथकतावादी मान्दै विदेशी नेताहरूको भेटलाई सधैं विरोध गर्दै आएको छ।चीन र चेक गणराज्यबीच कूटनीतिक सम्बन्ध सन् १९४९ मा सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट