Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रन्जिता श्रेष्ठ कायम

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रन्जिता श्रेष्ठ कायम

काठमाडौं  :  नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा पुनः रन्जिता श्रेष्ठ नै कायम हुने भएकी छन् ।

निर्वाचन आयोगले एक समूहले गरेको राष्ट्रिय भेला वैधानिक नभएको ठहर गर्दै लालवीर चौधरीको दाबी अस्वीकृत गरेको हो ।

यसअघि चौधरी नेतृत्वको समूहले राष्ट्रिय भेला मार्फत श्रेष्ठलाई हटाई आफूलाई अध्यक्ष तोकेको घोषणा गर्दै अद्यावधिकका लागि आयोगमा निवेदन दिएको थियो ।

तर आयोगले राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधानको अध्ययन, दुवै पक्षको लिखित जवाफ तथा कानुनी आधारको समीक्षा गर्दै श्रेष्ठ नै वैधानिक अध्यक्ष भएको निष्कर्ष निकालेको हो ।

निर्णय अघि आयोगले लालवीर र रन्जितालाई अलगअलग पत्र काटी स्पष्टिकरण मागेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट