काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार आगामी २०८२ साल कार्तिक १७ गते हुने उपनिर्वाचनमा पार्टीले भाग लिन निर्वाचन आयोगलाई पत्र पठाएका थिए ।
नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ताका लागि निवेदन पेस गरिएको पार्टीले जनाएको छ ।
निर्वाचन आयोगले गत साउन १६ गते गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गरी उपनिर्वाचनका लागि दल दर्ता गराउन आवश्यक कागजातसहित निवेदन दिन भनेको थियो ।निर्वाचन आयोगले रास्वपाको उक्त निवेदन साउन २७ गते दर्ता गरेको छ । आयोगमा दर्ता भएको निवेदनको दर्ता नम्बर ३०४ छ ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij