Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

शनिबार भर्जिनीयामा ‘सतीदेवी’ को बिशेष प्रदर्शनी हुदै

शनिबार भर्जिनीयामा ‘सतीदेवी’ को बिशेष प्रदर्शनी हुदै

काठमाडौं,२७ साउन : ‘सतीदेवी’ फिल्मको आउँदो शनिबार अर्थात साउन ३१ गते (१६ अगस्त) अमेरिकाको भर्जिनीयामा बिशेष प्रदर्शनी गरिदैछ । महिलाहरुको महान पर्व तीजको अबसर पारेर नारीहरुको सम्मानमा ‘सतीदेवी’ को बिशेष शो गर्न लागीएको जानकारी आयोजक पुष्कर पन्तले दिएका छन् ।लामो समयदेखि अमेरिका बसोबास गर्दै आए तापनि नेपाली चलचित्र निर्माण,कलाकारिता तथा समाजसेवामा समेत उत्तिकै सक्रिय पुष्कर पन्तले राष्ट्रियलगायत थुप्रै अवार्ड बिजेता चर्चित फिल्म भएकाले आफूहरुले बिशेष शो गर्न लागेको बताए । ‘‘सतीदेवी’ को धेरै चर्चा सुनेको र यसप्रकारका मौलिक अनि पारिवारिक चलचित्र अझै बन्नु र धेरैभन्दा धेरैले हेर्नुपर्छ भन्ने मान्यता स्वरुप बिशेष शो गर्ने निर्णय गरेका हांै,’ उनले भने,‘हामी जो जहाँ रहे तापनि नेपाली कला,संस्कृति,मौलिकता र आफ्नोपन बचाइराख्नका लागि हरेकले आफ्नो तर्फबाट केही न पहलकदमी लिनैपर्छ । सोही अन्तर्गत चर्चित फिल्म शो गर्न लागेका हौ ।’ एभरेष्ट सूर्य बोहरा निर्देशीत हिट फिल्म ‘ठूली’ का निर्माता पन्त आफूहरु ‘सतीदेवी’ हेर्न निकै आतुर रहेको बताउँछन् ।

चलचित्र बिकास बोेर्डद्वारा आयोजीत राष्ट्रिय चलचित्र अवार्ड–०८० मा बिशेष चलचित्र पुरस्कार जित्न सफल नारी प्रधान चलचित्र ‘सतीदेवी’ ले अहिलेसम्म राष्ट्रियसहित एक दर्जन उत्कृष्ट अवार्डहरु जितिसकेको छ । लक्ष्मण सुवेदीको लेखन,निर्माण र निर्देशनमा बनेको चलचित्रमा मलिका महत,रमेश बुढाथोकी,सन्दिपबाबु लोहनी,कुलबहादुर अधिकारी,सृजना अधिकारी,बालकलाकार हर्षिका वली र मञ्जिला बानीयाँलगायतले अभिनय गरेका छन् । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीयासँगको सहकार्यमा दिलासा कृएसनको प्रस्तुति रहेको चलचित्रको निर्मातामा दिलासा,सारा,श्रीदेवी र बिशाल सुवेदी छन् । निर्देशक सुवेदीले ‘सतीदेवी’ को भर्जिनीयापछि अन्य स्टेटहरुमा पनि बिशेष शो हुन लागेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट