Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट खतिवडाले दिए राजीनामा

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट खतिवडाले दिए राजीनामा

काठमाडौँ : राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् ।

सङ्घीय निजामती विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको चलखेलमा खतिवडालाई नैतिक जिम्मेवार ठहर गरिएको थियो । तर, समितिको प्रतिवेदनमा आफूलाई राजीनामा दिन सिफारिस नगरेको तथा कारबाहीको सिफारिस नगरे पनि आफूले हाँसी खुसी राजीनामा दिन लागेको उनले स्पष्ट पारे । कृष्ण प्रसाद भट्टराईको उदाहरण दिँदै उनले भने, ‘नखाएको विष लाग्दैन ।’

कुलिङ पिरियडमा सबैको सहमति जुटाउन आफूले सक्दो भूमिका खेलेको भए पनि पछि यसमा छेडखानी गरिएको उनको तर्क थियो । उनले भने, ‘यसमा सबैभन्दा पहिले छानबिनको माग गर्नेमध्ये म थिएँ ।’संसद् बैठकमा बोल्दै उनले यस प्रकरणमा आफ्नो कुनै स्वार्थ नभएको दाबी दोहोर्‍याए । उनले आफ्नो कार्यकालमा समितिबाट भएका कार्य प्रगति सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट